
काठमाडौं । मोटरहेड ब्रान्डको आधिकारिक वितरक एस एल आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले ‘समस्या अनेक, सुरक्षित समाधान मात्र एक–मोटरहेड’ स्कीम ल्याएको छ ।
मोटरहेड ब्राण्डका डर्ट , स्काम्ब्लर र स्पोर्ट बाइकहरु उपलब्ध रहेका छन् । उक्त कम्पनीले कोभिड–१९ले भित्र्याको अहिलेको असहज परिस्थितिमा यस अफरले केही हदसम्म आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउने विश्वास राखेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो ५ मोडल, टेक्कन २५० , एमएच २०० एक्स , स्पोर्टस २५० (रोड भर्सन), स्पोर्टस २५० (अफरोड भर्सन) र एक्स टकं २५० ( स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५० आर स्ट्रिट भर्सन) र स्याम्बलर २५० स्ट्रिट भर्सन) मा २० हजार सम्म छुटको व्यवस्था गरेको छ ।
यी प्mल्याट डिस्काउन्ट बाहेक ग्राहकले कुनै पनि मोडेल खरिद गर्दा आगामी आर्थिक वर्षको शत्प्रतिशत् कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको फि कोभिड बिमा पनि गराउने कम्पनीले जनाएको छ ।
उक्त कम्पनीको नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने छ । भने अफर यहि असार १२ देखि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस