aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कोभिड प्रभाव

भदौ १ देखि हवाइ सेवा खुल्ने, होटल कहिले खुल्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ साउन २०७७
भदौ १ देखि हवाइ सेवा खुल्ने, होटल कहिले खुल्ने ?

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । 

उडानका लागि आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । 

कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाइ यातायात समेत खुल्ला हुने भएको छ । 

आजको मन्त्री परिषद बैठकले हवाइ उडानतर्फको दुबै सेवा सुचारु गर्ने भएपनि होटल खोल्ने विषयमा भने कुनै निर्णय नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस