aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ साउन २०७७
एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ  ।

सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गरेको छ । 

साधारण सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस