aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिवर्टी ईनर्जीको आईपीओ बुधवारदेखि पुनः विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
लिवर्टी ईनर्जीको आईपीओ बुधवारदेखि पुनः विक्रीमा

काठमाडौं । लकडाउनका कारण स्थगित भएको लिवर्टी ईजर्नीको आइपीओ साउन ७ गते बुधवारदेखि पुनः विक्रीमा आएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि गत फागुन २७ गतेदेखि १५ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा गत चैत ११ गतेदेखि लकडाउन गरिएसँगै उक्त आईपीओ स्थगित भएको थियो । 

प्रतिकित्ता रू. १०० अंकित दरका यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र  अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओ साउन २१ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले यस आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने  ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस कम्पनीले लमजुङ जिल्लामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस