काठमाडौं । प्रभु बैंकले साउन १९ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।
यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् ।
बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।
यो ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएकाे छ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस