
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर साउन १२ गते आजदेखि लिलामीमा आएको छ । नागरिक लगानीकोषको ५० हजार कित्ता संस्थापक शेयर साउन १९ गतेसम्म लिलामीमा विक्री खुला गरेकोे हो । उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू. १ हजार ८०० मा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
शेयर खरिदका लागि न्यूनतम १०० कित्ता वा सो भन्दा माथी १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हात्तिसार काठमाडौं र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।
साथै नेपाल एसबिआई बैंक लिमिटेडको शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, विरगंज , जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल , दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस