काठमाडौं । साउन १२ गते सोमबार धितोपत्र दोस्रो बजार नेप्सेमा शेयर सूचीकृत गराएको अजोड इन्स्योरेन्स लिमिटेडको कारोबार रू. ४९० मा खुला भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ९७ देखि रू. २९१ सम्मको मूल्य रेञ्ज तोकेको थियो । मंगलवार कारोबार खुला भएपनि यस कम्पनीको शेयर खरिद र विक्री कुनै पनि आदेश आएको छैन् ।
नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईप्ीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । सर्वसाधारण शेयरधनीहरुलाई आईपीओ वितरण गरिसकेको कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण काम गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ३० लाख कित्तामध्य १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार सामूहिक लगानीकोषका लागि सुरक्षित गरि बाँकी रहेको २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणलाई सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।
हाल रू. ७० करोड चुक्तापूँजी रहेको अजोड इन्स्योरेन्सको आईपीओ पश्चात रू. १ अर्ब पुगेको छ । संस्थापक तर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो ।
प्रतिक्रिया दिनुहोस