काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओमा मागभन्दा १०.४६ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार बिहीबार ३ बजेसम्म ३ लाख २४ हजार २५३ जना आवेदकले ६५ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
यो मागभन्दा १०।४६ गुणा बढी आवेदन हो । कम्पनीले जेठ १३ गते देखि सर्वसाधारणका लागि ६ लाख २९ हजार ९ सय ३० कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।
कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता आइपीओ विक्री खुल्ला गरेको हो । जसमध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको यस आइपीओ धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।
प्रतिक्रिया दिनुहोस