काठमाडौं । नबिल ब्यालेन्स फण्ड—२ इकाईको बाँडफाँड शुक्रबार हुने भएको छ । नबिल म्युचुअल फण्डद्धारा सञ्चालन हुने यस फण्डले वैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधारणका लागि १० करोड २० लाख कित्ता इकाई विक्री गरेको थियो ।
यस आयोजनाले प्रति इकाई रू। १० दरको १२ करोड इकाई मध्य कोष प्रबद्र्धक नबिल बैंक लिमिटेडका लागि १ करोड ६८ लाख कित्ता ईकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई १२ लाख कित्ता इकाई सुरक्षित राखी बाँकी सर्वसाधारणलाई विक्री गरेको हो ।
प्रतिक्रिया दिनुहोस