aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बजाजको बाइक २० प्रतिशत डाउनपेमेन्टमै उपलब्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
बजाजको बाइक २० प्रतिशत डाउनपेमेन्टमै उपलब्ध

काठमाडौं । बाइक खरिद गर्न दशैं नै पखर्ने नेपाली परम्परालाई तोड्न बाइक आयातकर्ताहरु अरु बेला नै आकर्षक स्कीम अफर ल्याउन थालेका छन् । 

लामो लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले पनि आफ्ना ग्राहकको लागि विभिन्न स्किम ल्याएको छ ।

बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो ।

कुन माेडलकाे बाइक मूल्य कति ?

मोडल

क्षमता

मूल्य

प्लाटिना १०० इएस

१०२

१,६७,९००

डिस्कभर १२५ ड्रम

१२४.४

१,८९,९००

डिस्कभर १२५ डिस्क

१२४.४

१,९६,९००

डिस्कभर १२५ एसटी

१२४.५

२,०६,९००

पल्सर १२५

१२४.३

२,२४,९००

पल्सर १५०

१४९.५

२,५७,९००

पल्सर १५० टिडी

१४९.५

२,६८,९००

पल्सर १६० एनएस डिडि

१६०.३

२,८९,९००

पल्सर २०० एनएस एबिएस

१९९.५

३,३६,९००

पल्सर २०० एनएस एएफआई एबिएस

१९९.५

३,५६,९००

पल्सर २२० एफ

२२०

३,१६,९००

पल्सर २२० एफ एबिएस

२२०

३,३२,९००

एभेन्जर २२० क्रुज

२२०

३,४१,९००

डोमिनार ४०० एबिएस

३७३.२७

५,२९,९००

 

प्रतिक्रिया दिनुहोस