aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आठ उद्योगले पाउने भए ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क (नामसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
आठ उद्योगले पाउने भए ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क (नामसहित)

काठमाडौं । नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चिया उद्योगले नेपालीको आफ्नै पहिचान सहितको ट्रेडमार्क पाउने भएको छ । ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो नेपाली उद्योगलाई सरकारले गठन गरेको चिया तथा कफी विकास बोर्डले भदौ दोस्रो साता वितरण गर्न लागेको हो । 

निजी उद्योगहरूले यस अघि नै आ–आफ्नो चियाको लोगो बनाए पनि सरकारीस्तरबाट भने उद्यमीलाई प्रदान गर्न लागिएको यो पहिलो सामुहिक लोगो हो । अब विदेशमा चिया निर्यात हुँदा यहि लोगो टाँसिएको हुनेछ । यसले अन्तर्राष्ट्रिय बजारमा यहि लोगो चियाको प्रचार प्रसार हुने छ ।बोर्डले ट्रेडमार्क पाउन योग्य गोरखा टी स्टेट, हिमालयन साग्रिला टी प्रोडुसर, टन्डकपुर, जसविरे टी प्रशोधन उद्योग, नेपाल ग्रीन टी एण्ड स्पेसालिटी, ओएचीस टी इन्डष्ट्रिज, तारागाउँ टी स्टेट, साकेजु हिलरेन टी गार्डेनले पहिलो चरणमा नेपाली लोगो वितरण गर्न लागेको हो । 

नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ चिया व्यवसायीलाई प्रदान गर्ने तयारी गरिरहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिए । ‘हामी नेपालबाट निर्यात हुने चियालाई ‘नेपाली टी’ लेखिएको ट्रेडमार्क दिँदै छौं,’ उनले भने ‘भदौ दोस्रो सातामा इलाम मै गएर हामी उद्यमी व्यवसायीलाई सो लोगो प्रदान गर्नेछौं ।’ अन्य नपाउनेले पनि चिया तथा कफी निर्यात निर्देशिकाले भनेजस्तो मापदण्ड पुरा गरेपछि उक्त लागो पाउने छन् । ‘नेपाल टी नामक ट्रेडमार्क सबैले पाउने होे, उनले भने ‘लोगो पाउनका लागि इजिबल भने हुुनुपर्छ ।’ 

बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट आवेदन माग गरेको थियो । ४२ वटा उद्योग व्यवसायले बोर्डमा ट्रेडमार्कका लागि निवेदन दर्ता भएको बोर्डले जनाएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड, ती उद्योग तथा व्यवसायीले पूरा गरेपछि लोगो प्रयोग गर्न सक्नेछन् ।

ट्रेडमार्क प्राप्तिका लागि भने अन्तर्राष्ट्रिय मापदण्डभित्रका आधारभूत नियमहरु उद्योगी तथा व्यवसायीले पालना गर्नुपर्ने छ । ‘उत्पादन गरिएको चिया गुणस्तरीय तथा अर्गेनिक हुनुपर्नेछ । बगान र प्रशोधनमा काम गर्ने मजदुरको सुरक्षा तथा अधिकार सुनिश्चित गरिएको उद्योग तथा व्यवसायले मात्रै  टे«डमार्क पाउनेछन्

लोगो प्रयोग गर्नुअघि व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाको परिमाण बोर्डलाई देखाउनुपर्ने छ । लोगो कार्यान्वयनपछि समितिले किसानको चियाबारी, चिया टिपाइ समेतको निरीक्षण र अनुगमन गर्नेछ । 

विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिनुपर्ने नेपाल चिया संघका अध्यक्ष कमलराज मैनालीले बताए । ‘अहिले चिया निर्यात गर्ने उद्योगले आ–आफ्नो लोगोलगाएर निर्यात गरेका छन्,’ उनले भने ‘सरकारी लोगो टासिएपछि यसको अझ प्रवद्र्धन हुन्छ । गुणस्तरीय चिया हो भन्ने विश्व बजारले बुझ्छ,’ उनले थपे ‘यसरी चिया निर्यात गर्दा सम्बन्धित देशमा लोगो सहितको चिया दर्ता गराउनु पर्ने हुन्छ ।’
हाल नेपालबाट जर्मनी, रसियासहित युरोपियन मुलुकमा नेपाली चिया जाने गरेको छ । नेपालबाट निकासी हुने सबै चियामा नेपालको एउटै लोगो लागेर जाँदा नेपाल र नेपाली चियाको पहिचान विदेशी बजारमा राम्रो हुने अपेक्षा संघले लिएको छ । नेपालमा वि.सं. १९२० मा रोपिएको चियाले पहिचान पाउनु नेपालीका लागि गौरवको विषय हो । चिया तथा कफी विकास बोर्डका इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा २८ हजार सात सय ३२ हेक्टरमा चिया खेती गर्दै आएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस