aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीवार पनि भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीवार पनि भएन

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीबार पनि नहुने भएको छ । प्रि ओपनिङ सेसनमा कारोबार नभएपछि बिहीवार पनि अजोडको शेयर कारोबार नहुने भएको हो । 

यस कम्पनीले साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते सोमबार धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो । 

अजोडले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।

आईपीओको पहिलो कारोबार प्रि ओपनिङ सेसन मार्फत हुने व्यवस्था छ । प्रि ओपनिङ सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था बमोजिम नभएकाले यस कम्पनीको शेयर कारोबार हुन नसकेको हो । 

नेप्सेले पहिलो कारोबारका लागि रू. ८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेकोमा सोहि सीमा भित्र रहेर प्रि ओपनिङ सेसनमा खरिद आदेश प्राप्त भएपनि विक्री आदेश नहुँदा बिहीवार पनि कारोबार हुन नसकेको नेप्सेको भनाई छ । 

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो । 

प्रतिक्रिया दिनुहोस