aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साओमीले भित्र्यायो दुई नयाँ स्मार्टफोन, कति छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
साओमीले भित्र्यायो दुई नयाँ स्मार्टफोन, कति छ मूल्य ?

काठमाडौं । साओमीले नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल सार्वजनिक गरेको छ । कम्पनीले रेडमी ९ र रेडमी ९ए उपलब्ध गराएको हो । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य झल्काउने कम्पनीको दाबी छ ।

इन्ट्री लेबलको स्मार्टफोन हो, रेडमी ९ । बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पल खिच्न मद्दत गर्दछ । द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन रेडमी ९ सक्षम छ । यो उपकरणले क्यालिडोस्कोप र पाम सटर जस्ता विशेषता समावेश भएको प्रिमियम क्यामेराका साथ रमाइलो फोटोग्राफी अनुभव दिन्छ ।

प्रयोगकर्ताले रेडमी ९ को ठुलो स्क्रिनका साथ अझ राम्रोसँग हेर्न सक्दछन् । ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ । यो टीयूभी रेनल्यान्ड लो ब्लु कलर लाइट प्रमाणीकरण र सुरक्षाका लागि कोर्निङ गोरिला ग्लासको साथ आउँदछ ।

पर्फमेन्को कुरा गर्दा रेडमी ९ मा मिडियाटेक हेलियो जी८० एसओसी छ जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारिएको प्रदर्शन प्रदान गर्दछ । ५०२० एमएएच ठुलो क्षमताको ब्याट्रीका साथ रेडमी ९ ले प्रयोगकर्तालाई दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्दछ । यसमा १८ वाट फास्ट चार्जिङ टेक्नोलोजी दिइएको छ ।

रेडमी ९ को डिजाइनमा शिष्ट ग्रेडिएन्ट कलर र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर छ । रियर फिंगरप्रिन्ट सेन्सर क्यामेरा सेटको छेउमा राखिएको छ ।

दोस्रो फोन हो, रेडमी ९ ए । फोनमा ६.५३ इन्च डटड्रप डिस्प्ले र ५ हजार एमएएच ब्याट्री छ । रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट छ । यसमा एआई अप्टिमाइज्ड १३एमपी रियर क्यामेरा छ ।

रेडमी ९ तीनवटा रंग र दुईवटा भेरियन्टमा उपलब्ध छ ।  कार्बन ग्रे, ओसन ग्रिन र सनसेट पर्पलमा उपलब्ध फोनको ३जीबी + ३२जीबी भेरियन्टलाई १६ हजार ९ सय ९९ र ४जीबी + ६४जीबी भेरियन्टलाई १७ हजार ९ सय ९९ रुपैयाँ पर्दछ ।

ग्रानाइट ग्रे, पिकक ग्रिन र स्काई ब्लु रंगमा उपलब्ध रेडमी ९एमा २ जीबी र्‍याम र ३२ जीबी रोम छ जसको मुल्य ११ हजार ४ सय ९९ रुपैयाँ पर्दछ ।

प्रतिक्रिया दिनुहोस