aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पहिलाे दिनमै एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा  २३ लाख कित्ता बढीकाे आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
पहिलाे दिनमै एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा  २३ लाख कित्ता बढीकाे आवेदन

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा पहिलो दिन २३ लाख ८१ हजार ३८० कित्ताको लागि आवेदन परेको छ । 

५० हजार १७३ आवेदकहरुबाट उक्त कित्ता आईपीओ खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो । 
कम्पनीले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । 

यस आईपीओ खरिदका लागि सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ । 

आईपीओ पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ । आईपीओ पश्चात संस्थापकतर्फ ७० र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस