
तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज हुनेसम्बन्धी प्रस्ताव पारित गर्न शुक्रबार अर्थात आज जेठ १७ गते विशेष साधारणसभा गरिरहेका छन् ।
मर्जर प्रयोजनका लागि दुवै कम्पनीको शेयर कारोबार गत चैत ४ गतेदेखि बन्द रहेको छ । तिनाउ विकास बैंकको चुक्तापुँजी ५६ करोड ७७ लाख ६७ हजार रहेको छ भने मिसनको ५७ करोड ६४ लाख १ हजार छ ।
चालू आवको तेस्रो त्रैमासम्म तिनाउले ६ करोड १० लाख र मिसन डेभलपमेन्ट बैंकले ६ करोड ४६ लाख खुद नाफा गरेका छन् ।
सभा बिहान ८ बजे क्लब डेनोभो प्रा.लि. सभाहल, बुटबलमा भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस