aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कालीमाटी र कुलेश्वरका चिनी गोदाम शिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
कालीमाटी र कुलेश्वरका चिनी गोदाम शिल

काठमाडौं । वाणिज्य विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम शिल गरेको छ ।

कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शंकास्पद भण्डारण पाईएपछि सिल गरिएको विभागले जनाएको छ ।

एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनीको खरिद गरेको विवरण र बिक्रीको बिबरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी गरिएको विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए ।

त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदाम धनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न बोलाइएको विभागको भनाइ छ ।

विभागले मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई पाँच पाँच हजार जरिवाना गराएको छ ।

प्रतिक्रिया दिनुहोस