aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अब भने अमेरिकाले टिकटकलाई नलखेट्ला की ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
अब भने अमेरिकाले टिकटकलाई नलखेट्ला की ?

एजेन्सी । चीनीयाँ भिडियो सेयरिङ एप टिकटकको माइक्रोसफ्टले अमेरिकाका लागि अधिकार किन्ने तयारी थालेको छ। माइक्रोसफ्टका कार्यकारी निर्देशक सत्य नन्डेलाले आइतवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा उक्त जानकारी दिएका हुन्।

नन्डेलाले राष्ट्रपतिको चासोलाई सम्बोधन गर्न टिकटकको अमेरिकी सर्वाधिकार खरिद् गर्न खोजेका बताएका हुन्। उनले टिकटकको सुरक्षा प्रावधान बारे समीक्षा समेत गर्ने बताएका छन्। ट्रम्पलाई उनले अमेरिकी टिकटक प्रयोगकर्ताको निजी जानकारीहरू अमेरिकामै सीमित र सुरक्षित राख्ने प्रतिवद्धता समेत जनाएका छन्। त्यसका लागि कम्पनीले टिकटकका कारण देशलाई हुने आर्थिक फाइदाको सूचि पेश गर्नु पर्नेछ।

‘टेक जायन्ट’ माइक्रोसफ्ट यस विषयमा टिकटक निर्माण कम्पनी बाइट डान्ससँग छलफल गर्देछ। सेप्टेम्बर १५ मा यस बारे निर्णय हुनसक्ने बीबीसीमा जनाइएको छ। माइक्रोसफ्टले अमेरिकासँगै क्यानडा, अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि खरिद् गर्न चाहन्छ। अमेरिकी लगानीकर्ताहरूलाई साझेदारीका लागि समेत आह्वान गर्ने योजना माइक्रोसफ्टको छ।

माइक्रोसफ्टले अमेरिकामा टिकटकको अधिकार किनेको खण्डमा यसअघि स्टोर भएका डाटा सर्भरबाटै डिलिट गर्ने बताइएको छ। सत्यले राष्ट्रपतिले जनताको व्यक्तिगत जानकारी र गोपनीयता बारे चासो देखाउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस