aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालमा आईपीओको प्रचार गरेर भ्रम छर्दै सगुन, नियामक निकायलाई दोषी देखायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
नेपालमा आईपीओको प्रचार गरेर भ्रम छर्दै सगुन, नियामक निकायलाई दोषी देखायो

काठमाडौं । अमेरिकाको डेलावयर राज्यमा कार्यालय रहेको भनेको सामाजिक सञ्जाल सगुन इन्कर्पोरेटले नेपाल धितोपत्र बोर्डलाई दोष थोपरेको छ । सगुनले नेपालका मिडियामा विज्ञापन प्रकाशन गरेर नेपालीलाई भ्रममा पारेर कम्पनीको सार्वजनिक निष्कासनमा लगानी गर्न आवहान गरेको छ । 

सगुनले नेपालका मिडियामा आइपिओको विज्ञापन जारी गरेर आम रुपमा लगानी गर्न आवहान गरेको छ । उक्त विज्ञापनका बारेमा बोर्डमा गर्न अनुमति नदिएको भन्दै धितोपत्र बोर्डले प्रकाशित गरेको सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै कम्पनीले बोर्डले जारी गरेको सूचना भ्रामक भएको प्रतिक्रिया दिएको छ। तर, यस्ता खालका विज्ञापन नै नेपाली सञ्चारमाध्यममा प्रकाशन गर्नु नै गलत भएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले बताए । 

उनले भने, ‘नेपालमा दर्ता नभएको कम्पनीले भ्रमक विज्ञापन प्रकाशन गरेका कारणले बोर्डले आम नेपालीलाई सचेत गराएको हो अमेरिकामा दर्ता भएको कम्पनी बोर्डको क्षेत्र अधिकार नपर्ने भएकाले नेपालीलाई सचेत गराउनका लागि मात्र सूचना जारी गरिएको हो ।’

कम्पनीले सगुन अमेरिकाको डेलावयर राज्यमा कानुन बमोजिम दर्ता भएको र अमेरिकाको धितोपत्र तथा विनिमय आयोगबाट सेयर सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त गरेको दाबी गरेको छ । 

 विश्वभर रहेका गैरआवासीय नेपाली तथा अन्य नागरिकहले सगुनमा आफ्नो वार्षिक आम्दानीको १० प्रतिशत पुँजी बराबरको शेययरमा लगानी गर्न पाउने भन्दै धितोपत्र बोर्डले जारी गरेको सूचनाले लगानीकर्ताको मनोबल गिराएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस