aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

कास्की कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् । 

मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार आज एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु एक अर्ब ५० करोड लगानी गर्ने भएको छ । आयोजनाको कूल लागत रु चार अर्ब ४८ करोड रहेको छ । 

वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरेका थिए । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोष, प्रभु बैंक र एनआइसी एशिया बैंकले समान रुपमा रु ५०/५० करोड लगानी गर्नेछन् । बाँकी रहने लगानी भने प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ । 

प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत् उतपादन गर्नेछ । उत्पादित विद्युत् १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ । 

प्रतिक्रिया दिनुहोस