aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा लगानीकर्ताको आकर्षण, १ करोड १० लाख कित्ता माथीको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० साउन २०७७
एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा लगानीकर्ताको आकर्षण, १ करोड १० लाख कित्ता माथीको आवेदन

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । 

साउन १६ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओमा मंगलवार विहान १० बजेसम्म ३ लाख १ हजार ४०० जनाले आवेदन दिएका छन् । 

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड १० लाख ७० हजार ५६० कित्ता आईपीओ खरिदका लागि आवेदन परेको हो । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउछ ।

कम्पनीले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुनेछ । यस आईपीओ खरिदका लागि सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ ।

आईपीओ पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ । आईपीओ पश्चात संस्थापकतर्फ ७० र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस