aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 
पब्लिक कम्पनी

एनसेल अब एनसेल आजियटा लिमिटेड, सेयर निष्काशन गर्ने बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
एनसेल अब एनसेल आजियटा लिमिटेड, सेयर निष्काशन गर्ने बाटो खुल्यो

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नीति कम्पनी एनसेल प्राइभेट लिमिटेडले अब सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएको छ ।  ऐनसेल पब्लिक कम्पनी बनेसँगै सेयर निष्काशन गर्न पाउने भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको छ ।

चुक्ता पुँजी  १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ ।  एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।

कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल आजियटा लिमिटेड रहेको छ । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस