
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको नेटवर्किङ प्रणालीमा आएको समस्याका कारण बुधवार ११ः४५ देखि कारोबार सुरु भएको छ । ४५ मिनेट ढिला सुरु भएको नेप्से इन्डेक्स १७ दशमलव ६४ अंकले घटेर १३८६ दशमलव २२ बिन्दुमा झरेको छ ।
१२ः५६ बजेसम्मा १७० वटा कम्पनीको ८ लाख ३३ हजार कित्तामाथीको कारोबार हुँदा ३१ करोड ४३ लाख भन्दा माथीको कारोबार भइसकेको नेप्सेले जनाएको छ ।
नेप्सेले उक्त प्रणालीमा देखिएको समस्या समाधान गराउने कार्य भैरहेकाले नियमित समयमा कारोबार सुरु हुन नसकेको नेप्सेले जानकारी दिएको हो ।
बुधवार ४५ मिनेट ढिलो कारोबार सुरु हुने हुँदा ३ः४५ सम्म कारोबार हुने समेत नेप्सेले प्रष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस