aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालमा एक चौथाई श्रमिकले रोजगारी गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
नेपालमा एक चौथाई श्रमिकले रोजगारी गुमाए

काठमाडौं । कोरोाना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनका कारण करिब एक चौथाई कामदारले रोजगारी गुमाएकाछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धि सर्वेक्षण प्रतिवेदनअनुसार देशका उद्योग व्यवसायले करिब २२.५ प्रतिशत कामदार कटौती गरेको देखिएको हो।

बैंकले ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीसँग गरेको सर्वेक्षणका आधारमा निकालिएको निष्कर्षअनुसार होटल र रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौति गरेका छन्। त्यस्तै, रोजगारी गुमाउनेमध्ये करिब दुई तिहाई अस्थायी र करारका कर्मचारी र कामदार छन्।

सबैभन्दा धेरै घरेलु उद्योगका ३०.५२ प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । रु. ५० करोडभन्दा धेरै स्थिर पुँजी भएका ठूला उद्योगका भने करिब १४ प्रतिशत कामदारले रोजगारी गुमाएको अध्ययनले देखाएको छ ।

लकडाउनको अवधिमा औसतमा १८.२ प्रतिशत उद्योग व्यवसायले कामदार तथा कर्मचारीको तलब कटौती गरेको अध्ययनले देखाएको छ। ठूला उद्योग व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेका छन्। तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि रहेको अध्ययनको निष्कर्ष छ।

औद्योगिक वर्गीकरणअनुसार लकडाउन अवधिमा यस्तो छ कर्मचारी/कामदार कटौतीको अवस्था 

प्रतिक्रिया दिनुहोस