aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समाज लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
समाज लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने अनुमति पाएको छ । 

कम्पनीले रू. ८६ लाख बराबरको ८६ हजार कित्ता आईपीओ विक्री गर्न साउन २१ गते नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । कम्पनीको जारी पूँजी रू. २ करोड रहेको छ । 

हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. १ करोड १४ लाख रहेको छ । सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात कम्पनीको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । 

आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारण तर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस