aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा बीमा कम्पनी एलआइसीदेखि बर्गर किंगसम्मको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
भारतमा बीमा कम्पनी एलआइसीदेखि बर्गर किंगसम्मको आईपीओ

एजेन्सी । भारतमा अधिकांश कम्पनीहरु सर्वसाधारणमा शेयर जारी गर्न चाहन्छन र स्टकमा कारोबार गराउन चाहन्छन् । सन २०२० मा मात्रै बर्जर किंग रेष्टुरेन्टदेखि विश्वमा सबैभन्दा धेरै बीमित भएको भारतीय जीवन बीमा निगम (एलआईसी) को समेत आइएपीओ आउँदै छ । 

यस वर्षको सबैभन्दा धेरै छलफल गरिएको र धेरै प्रतीक्षित आईपीओ भारतीय जीवन बीमा निगम (एलआईसी) हुनेछ । शेयर बजारमा आइसकेपछि यो कम्पनी रिलायन्स इन्डस्ट्रीज, टीसीएस जस्ता ब्लूचिप्स कम्पनीको सूचीमा सूचिकृत हुने अनुमान गरिएको छ ।  मोदी सरकारले यस बर्षको बजेटमा एलआईसीको केही अंश सार्वजनिकमा शेयर विक्री गर्ने प्रस्ताव प्रस्ताव गरेको थियो। यससँग एलआईसीको बजार मूल्य १० लाख करोड भारु हुन सक्छ । 

अहमदाबादस्थित निर्माण कम्पनीले आफ्नो आईपीओबाट ५५० करोड उठाउने योजना बनाएको छ ।  कम्पनीले यो पैसा आफ्नो नयाँ प्रोजेक्टहरू, कार्यशील पूँजी आवश्यकताहरू र अन्य कर्पोरेट उद्देश्यहरूमा लगानीको लागि प्रयोग बनाएको छ । 

नेशनल कमोडिटी एण्ड डेरिभेटिभ एक्स्चेंज लिमिटेड (एनसीडीईएक्स) ले ५०० करोडको आईपीओ ल्याउन तयारी गरिरहेको छ । कम्पनीले अप्रिल महिनामा यसको लागि अनुमति प्राप्त गरेको छ । कम्पनीले कोर सेटलमेन्ट ग्यारेन्टी फन्डको लागि यस प्रकारले जम्मा गरिएको पैसा प्रयोग गर्ने जनाएको छ । 

अर्को भारतको सबभन्दा ठूलो स्माल फाइनान्स बैंक हो। कम्पनीले डिसेम्बरमा १,००० करोडको आईपीओको लागि आवेदन गरेको थियो जुन मार्चमा सेबीले अनुमोदन गरेको छ । कोरोना भाइरसको कारण, कम्पनीले आगामी आईपीओ मार्चमा स्थगित ग¥यो र अब केही महिनामा आउँनेछ । 

बर्गर किंग भारतले नोभेम्बर २०१९ मा आईपीओको लागि आवेदन दियो र जनवरीमा यसको स्विकृत भयो । कम्पनीले यस आईपीओबाट करीव १००० करोड रूपैयाँ उठाउनेछ । अनलाइन ट्राभल कम्पनी इजीमाइ टिपले डिसेम्बर २०१९ मा सेबीमा आईपीओको लागि आवेदन दिएको थियो । कम्पनी यस आईपीओबाट करिब ५१० करोड उठाउन चाहन्छ ।  

सीएएमएस कम्प्यूटर एज म्यानेजमेन्ट सेवा (सीएएमएस) को मुख्यालय चेन्नईमा रहेको छ । कम्पनीले यस बर्ष जनवरीमा आईपीओको लागि आवेदन दिएको थियो । कम्पनी यस आईपीओ मार्फत १००० करोड रूपैयाँ उठाउन चाहन्छ । कम्पनीले भारतको सबैभन्दा ठूलो रजिस्ट्रार र ट्रान्सफर एजेन्ट (आरटीए) भएको दाबी गरेको छ ।  

नेशनल स्टक एक्सचेन्ज अर्थात् एनएसई भारत मा सबभन्दा ठूलो शेयर एक्सचेन्ज हो ।  यसको आईपीओ पनि यस बर्ष डिसेम्बर अगाडि आउने अपेक्षा गरिएको छ । सेबीले गरेको अनुसन्धानका कारण यसको आईपीओ पछिल्ला धेरै वर्षदेखि स्थगित गरियो । 

सेबीले यस बर्ष जनवरीमा यूटीआई एसेट म्यानेजमेन्ट कम्पनी (यूटीआई एएमसी) को आईपीओ स्वीकृत गरिसकेको छ । कम्पनी यस मार्फत जनतालाई करीव ८.२५ प्रतिशत शेयर बेच्न चाहन्छ । यससँगै कम्पनीले करिब ३५०० करोड जम्मा गर्ने छ । 

लोधा डेभलपरले ५५०० करोड जुटाउन जुलाई  २०१८ मा आईपीओ ल्याउन लागेको जनाएको थियो । कम्पनीले ३,३०० करोडको आईपीओ ल्याउने योजना बनाएको छ । गत वर्ष सेप्टेम्बरमा बजाज एनर्जीले ५४५० करोडको आईपीओको निष्कासन गर्ने स्विकृति पाएको थियो । आईपीओबाट प्राप्त रकम कम्पनी समूह, ललीपुर पावर जेनेरेसन कम्पनी र बजाज हिन्दुस्तान शुगरका अन्य कम्पनीहरूले किन्ने योजना बनाएको छ ।

भोजन रेस्टुरेन्ट चेर्न बोर्बेक्यू नेशन आतिथ्यले समेत आईपीओ निष्कासन गर्ने याृेजना बनाएको छ । यसमार्फत कम्पनीले करिब एक हजार करोड रूपैयाँ उठाउने छ । एकीकृत नवीकरणीय उर्जा विकास एजेन्सी (आईआरईडीए) ले गत वर्ष सेप्टेम्बरमा सेबीबाट आईपीओको लागि स्वीकृति प्राप्त गरेको थियो । यो गैर बैंकिंग वित्तीय कम्पनी हो र  यस आईपीओबाट करीव ७५० करोड उठाउनेछ र यो यस वर्षको सेप्टेम्बरमा आउन सक्छ । यो एक सरकारी कम्पनी हो र यसले जून २०१७ मा नै सरकारबाट आईपीओको स्वीकृति पाएको थियो ।

ब्रोकरेज फर्म एन्जिल ब्रोकिंगले २०१९ जुलाईमा सेबीबाट आईपीओ स्वीकृति प्राप्त गरेको छ । यस कम्पनीले  करिब ६०० करोड उठाउनेछ । सरकारी कम्पनी इनर्जी इफिशिएन्सी सर्भिसेज पनि आईपीओको लागि पनि पर्खाइमा रहेको छ । यससँगै कम्पनीले करिब ५००० करोड रूपैयाँ उठाउन चाहन्छ ।  चार उर्जा क्षेत्र एनटीपीसी, ग्रामीण विद्युतीकरण कर्प, पावर फाइनान्स कर्प (पीएफसी) र पावर ग्रिड कर्पोरेशन अफ इण्डियाको संयुक्त लगानी हो । 

प्रतिक्रिया दिनुहोस