aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डेपुटी शिवाकोटीको शव्द रचनाको म्युजिक भिडियो बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
डेपुटी शिवाकोटीको शव्द रचनाको म्युजिक भिडियो बजारमा

काठमाडौं । लक्ष्मी बर्देवा र जीवन भट्टराई अभिनित ‘खबर आएन...’ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘खबर आएन...’ बोलको म्युजिक भिडियोमा लक्ष्मी र जीवनले अभिनय गरेका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शव्द रचनामा संगीत हरि लम्सालले भरेका छन् । स्वर मेलिना राईको रहेको छ । गीतका शव्दले विदेशिएको श्रीमानको पर्खाइमा गाउँमा बसेकी श्रीमतीको पीडा समेटेको छ । नेपाली गाउँघर, वन, मेलापातमा श्रीमान स्मरण गर्दै भावुक बनेकी श्रीमतीको विरह, चिन्तालाई उक्त म्युजिक भिडियोमा समेटिएको छ । रोजगारीका लागि श्रीमान् विदेशमा रहेका बेला नराम्रो सपना देख्दा हुने छटपटीलाई समेत भिडियोमा उतारिएको छ । 

रचनाकार शिवाकोटीले नेपाली हरेक घरको चिन्ता र विरहलाई गीतमा उतारिएको बताए । उक्त भिडियो सोमबार सार्वजनिक भएको हो । 
 

प्रतिक्रिया दिनुहोस