aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहारा विकास बैंकको अवितरित हकप्रद शेयर विक्रीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
सहारा विकास बैंकको अवितरित हकप्रद शेयर विक्रीमा आउने

काठमाडौं । सहारा विकास बैंकले अवितरित संस्थापक शेयर साउन ३० गतेदेखि विक्रीमा ल्याउने भएको छ । बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यो शेयर खरिदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाई छ ।

भदौ ५ गतेसम्म विक्रीमा रहने यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ । यो शेयर विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटलले पुरा गर्नेछ 

प्रतिक्रिया दिनुहोस