aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तिनाउ मिसनको हकप्रद शेयर राष्ट्र बैंकबाट अस्वीकृत, बोनस मार्फत पूँजी बढाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
तिनाउ मिसनको हकप्रद शेयर राष्ट्र बैंकबाट अस्वीकृत, बोनस मार्फत पूँजी बढाउन निर्देशन

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको छ । तिनाउ मिसन डेभलपमेन्टले गत असार २५ गते सम्पन्न गरेको १३ औं वार्षिक साधारण सभा मार्फत १२ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजीको ३ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोनस र हकप्रद शेयर मार्फत चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७५ लाख २ हजार पुर्याउने योजना रहेको तिनाउ मिसनलाई बोनस शेयर मार्फत थप पूँजी बढाउने राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले बोनस शेयर मात्र थप गरि चुक्तापूँजी रू. १ अर्ब ८१ करोड ३१ लाख २७ हजार पुर्याउन स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको साउन २२ गतेको सञ्चालक समितिको बैठकले चुक्तापूँजी कायम हुने गरी प्रबन्ध पत्र संशोधन अभिलेखको लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस