aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने

काठमाडौं । ६० प्रतिशत हकप्रद शेयर विक्री प्रकृयामा रहेको एनएलजी इन्स्योरेन्सले हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको रू. ६४ करोड ४ लाख ६ हजार चुक्तापूँजी रहेको कम्पनीले ६० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरिरहेको छ । 

कम्पनीले साउन २२ गतेदेखि २९ गतेसम्म वितरण हुन नसकेको कुल १ लाख ६१ हजार ७६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । कुल कित्तामध्य संस्थापकतर्फ ८१ हजार २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण तर्फ ७९ हजार ८५३ दशमलव २५ कित्ता रहेको छ ।

हकप्रद पश्चात कायम हुने चुक्तापूँजी रू. १ अर्ब २ करोड ४६ लाख ५० हजारको आधारमा एनएजली इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको हो । 

प्रतिक्रिया दिनुहोस