aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि क्षेत्रको विकासका लागि नरेन्द्र मोदीले जारी गरे एक लाख करोड भारतीय रुपैयाँको फण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
कृषि क्षेत्रको विकासका लागि नरेन्द्र मोदीले जारी गरे एक लाख करोड भारतीय रुपैयाँको फण्ड

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको विकासका लागि एक लाख करोड भारतीय रुपैयाँको फण्ड जारी गरेका छन् । यसका साथै प्रम मोदीले पीएम किसान योजनाको छैठौँ किस्ताका रुपमा साढे ८ करोड ५० लाख किसानको खातामा १७ हजार करोड भारतीय रुपैयाँ ट्रान्सफर गरेका छन् । 

उक्त फण्ड कृषि इन्फ्रास्ट्रक्चर फण्ड कोरोना भाइरस महामारीसँग लड्नका लागि वित्त मन्त्री निर्मला सीतारमणद्वारा पेश गरिएको २० लाख करोड रुपयाँको प्रोत्साहन प्याकेजको हिस्सा हो ।

जुलाईमा कृषि आधारभूत ढाँचाका लागि भारतीय सरकारले सहुलियत ऋणको विस्तार गर्नका लागि एक लाख करोडको कोषका साथै कृषि इन्फ्रास्ट्रक्चर फण्डको स्थापनालाई पनि स्वीकृती दिएको थियो ।

प्रतिक्रिया दिनुहोस