aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रतिरक्षा प्रणालीका स्रोत भएका यी खाद्य बस्तु नियमित खानुहोस रोग लाग्नबाट बच्चु होस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
प्रतिरक्षा प्रणालीका स्रोत भएका यी खाद्य बस्तु नियमित खानुहोस रोग लाग्नबाट बच्चु होस

एजेन्सी । रिपोर्टहरूमा दावी गरिएको अनुसार कोरोना भाइरसबाट बच्च रोगप्रतिरक्षा प्रणाली विकास बाहेक अन्य विकल्प छैन । प्रतिरक्षा प्रणाली कमजोर भएको मानिसहरू  कोरोना भाइरसको संक्रमणबाट ज्यान गइरहेको छ । प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष रूपमा खाना र पेय भर पर्छ । स्वस्थ खानाले शरीरको प्रतिरक्षा प्रणाली बढाउँछ । यद्यपि कुनै त्यस्तो खाद्य सामग्री जसको खानपान कोरोनासँग लड्न मद्दत गर्दछ भनेर जान्नको लागि यस किसिमको अनुसन्धान हालसम्म पत्ता लागेको छैन ।

केहि खाद्य पदार्थले स्वास्थ्य सुधार गर्दछ र शरीरलाई अन्य भाइरसहरुको आक्रामक विरुद्ध लड्न क्षमतालाई सुदृढ बनाउँछ । रोग प्रतिरक्षा प्रणालीको विकास गर्न हाम्रा दैनिक आहारमा केही विशेष चीजहरू समावेश गर्नुपर्दछ जसले हाम्रो इम्यु सिस्टम थप मजबुद बनाओस । 

क्याप्सिकम(भेडे खोर्सानी)  : भिटामिन सीको अधिकतम मात्रा क्याप्सिकममा पाइन्छ । अमेरिकी कृषि विभागका अनुसार एक कप काटिएको भेडेखोर्सानीमा करिब २११ प्रतिशत भिटामिन सी हुन्छ, जुन सुन्तलामा पाइने भिटामिन सीभन्दा दोब्बर हुन्छ । २०१७ मा नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एउटा अध्ययन अनुसार, भिटामिन सीले शरीरको कोशिकालाई सुदृढ पार्छ । जसले प्रतिरक्षा प्रणाली वृद्धि गर्छ । यसले श्वसन संक्रमणको जोखिमलाई पनि कम गर्दछ । 

ब्रोकाली : ब्रोकालीमा पनि भिटामिन सीको खानी मानिन्छ । आधा कप ब्रोकलीमा ४३ प्रतिशत भिटामिन सी पाइन्छ ।  स्वास्थ्य संस्थाका अनुसार तपाईको शरीरलाई दैनिक विटामिन सी चाहिन्छ । अमेरिकाको ईएचई स्वास्थ्यमा चिकित्सक डाक्टर सीमा सरिनका अनुसा “ब्रोकली फाइटोकेमिकल्स र एन्टिआक्सिडन्टहरु पाइन्छ ।  जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । यसमा भिटामिन ई पनि पाइन्छ । जुन एक एन्टिआक्सीडन्ट हो जसले ब्याक्टेरिया र भाइरसहरूसँग लड्न मद्दत गर्दछ । 

चना : चनामा धेरै मात्रामा प्रोटिन पाइन्छ । यसमा एमिनो एसिडले बनेको आवश्यक पोषक तत्व पाइन्न्छ । जसले शरीरको टिस्यूहरू बढाउन र बलियो बनाउन मद्दत गर्दछ । एकेडेमी न्यूट्रिशन एण्ड डायटेटिक्सका अनुसार यसले एनजाइमहरू ठीकसँग राख्दछ । जसले हाम्रो शरीरको प्रणाली सही ढंगले कार्य गर्न सक्दछ । डाइटिसियन एमिली वन्डरका अनुसार जिंकको मात्रा प्रशस्त मात्रामा पाइन्छ जसले प्रतिरक्षा प्रणाली र प्रतिरक्षा प्रतिक्रिया नियन्त्रण गर्दछ । 

स्ट्रबेरीः डाइटिसियन एमिली वन्डरका अनुसार आधा कप स्ट्रोबेरीले एक एक जना मानिसलाई आवश्यक पर्ने भिटामिन सीको आवश्यकता पूरा गर्नका लागि पर्याप्त हुन्छ । किनकि आधा कप स्ट्रोबेरीमा ५० प्रतिशत भिटामिन सी पाइन्छ । एमिली भन्छिन्, “हाम्रो कोषहरू बिभिन्न तरिकामा बिग्रन्छन्,वातावरणको कारण र भिटामिन सीले तिनीहरूलाई बिगार्नबाट रोक्छ ।“

लसुनः डाक्टर सीमा सरीनका अनुसार लसुनले खानामा स्वाद मात्र बढाउँदैन, यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुन्छ । जस्तै रक्तचाप र मुटु सम्बन्धी जोखिम कम गर्छ । लसुनमा पाइने सल्फर कम्पाउन्डको कारणले गर्दा यसले संक्रमणसँग लड्न मद्दत गर्दछ । यस बाहेक यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । लसुनले  चिसो र खोकीबाट शरीर बचाउन छ । 

च्याउ : डाइटिसिएसन एमिली वन्डरका अनुसार भिटामिन डीको उत्तम स्रोत हो । तर यसले च्याउ लगायतका केही खानाहरू मार्फत पनि पाउन सकिन्छ। । २०१८ मा भिटामिन डी स्रोत खोजी गर्दा च्याउहरूको प्रयोगको बारेमा समीक्षा भएको थियो । च्याउमा क्याल्सियमको मात्रा बढाउँदछ जसले हड्डीहरूका लागि राम्रो हुन्छ ।

पालुंगो  :डाइटिसिएन डाक्टर सरीनका अनुसार पालुंगो भिटामिन सी र एन्टिआक्सिडन्टले समृद्ध छ ।  जसले हाम्रो कोषहरूलाई पर्यवरणबाट हुने क्षतिबाट बचाउँछ । थप रूपमा यसले बीटा क्यारोटीन पनि समावेश गर्दछ, जुन भिटामिन एको मुख्य स्रोत हो । 

दही :  दही प्रोबायोटिक्सको उत्तम स्रोत हो । डा. सरिनका अनुसार यो राम्रो जीवाणु हो । जसले प्रतिरक्षा प्रणाली र पाचन प्रणालीलाई सही राख्छ । केही अध्ययनहरूले प्रोबियोटिकहरूले सामान्य चिसो र इन्फ्लूएन्जा जस्ता श्वासप्रश्वाससम्बन्धी संक्रमणमा पनि प्रभावकारी भएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस