aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट आईपीओ बाँडफाँट अहिले ९ बजे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट आईपीओ बाँडफाँट अहिले ९ बजे

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको आईपीओ आज मंगलबार (साउन २७ गते) बाँडफाँट हुने भएको छ । यो हुनेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान ९ बजे आईपीओ बाँडफाँट गर्न लागेको हो । कम्पनीले सर्वसाधारको लागि ३१ लाख ६० हजार १८३ कित्ता सेयर बिक्री खुला गरेको थियो ।  

 सानिमा क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको लाइभ देखाउने बन्दोबस्ती मिलाएको छ । एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख २८ हजार १५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको सेयरमा ५.२४ गुणा बढी आवेदन परेको छ । सो कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३ लाख १६ हजार १८ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १ लाख १२ हजार  भन्दा धेरै जनालाई सेयर नपर्ने देखिएको छ । 
 
कम्पनीले साउन १६ गतेबाट २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । 

गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले माथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस