aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँट भएको ६ घण्टा वितिसक्दा पनि लगानीकर्ताले हेर्न पाएनन् नतिजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँट भएको ६ घण्टा वितिसक्दा पनि लगानीकर्ताले हेर्न पाएनन् नतिजा

काठमाडौं । आईपीओ बाँडफाँट भएको ६ घण्टा वितिसक्दा पनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमपेण्ट लिमिटेडको आईपीओ नजिता हेर्न सकिएको छैन् । कम्पनीको आईपीओ मंगलवार विहान ९ बजे बाँडफाँट भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बाँडफाँटको नतिजा सम्बन्धित शेयरधनीहरुको मेरो शेयर खातामै हेन पाउने गरी विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ । सिडिएससीको कार्यालय रहेको पुतलीसडक एरियामा इन्टरनेटको समस्या भएकाले नतिजा सार्वजनिक हुन ढिलाई भएको सिडिएससीले जानकारी दिएको छ । ४ लाखभन्दा बढी आवेदकहरुको विवरण अद्यावधिक गर्ने काम इन्टरनेटको वैकल्पिकका रुपमा  वायरलेस मार्फत भैरहेकाले बेलुकासम्म नतिजा हेर्न सकिने सिडिएससीको भनाई छ । 

गोलाप्रथाबाट भएको आईपीओ बाँडफाँटमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकहरुमध्य ३ लाख २० हजार ६१४ जनाले १० कित्ता शेयर हात पारेका छन् । बाँकी ९७  हजार ३४४ जना आवेदकको हात भने खाली भएको छ । कम्पनीले साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको थियो । 

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो । 

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्य ४५ हजार ९५७ कित्ता शेयर विक्री नभएपछि सो शेयर समेत थप गरेर सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस