aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एशियन लाइफको नाफा बढेर १८ करोड नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
एशियन लाइफको नाफा बढेर १८ करोड नाघ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले १८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड १९ लाख रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क ३२ करोड ४४ लाख रुपैयाँ बढेर ४ अर्ब ५४ करोड ८ लाख पुगेको छ । असार मसान्तसम्ममा बीमालेख धितोमा २ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । 

इन्स्योरेन्स कम्पनीले सो अवधिसम्ममा लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी ११ करोड ५७ लाख रुपैयाँ बढेर ५२ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा र खुद बीमाशुल्क बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ सञ्चित छ । 

गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्ममा २७ अर्ब ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या २ लाख ९० हजार ७२३ छ । 

इन्स्योरेन्सले सो अवधिसम्ममा ७ हजार १५७ कुल दाबी वापत १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ८६ दाबी वापतको २ करोड १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

असार मसान्तमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस