aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रेष्टुरेन्टमा भाडा माझ्नेका छोरा जो बने ‘दोस्रो अम्बानी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
रेष्टुरेन्टमा भाडा माझ्नेका छोरा जो बने ‘दोस्रो अम्बानी’

एजेन्सी । धड्कन, मोहरा, गोपी किशन, हेराफेरि जस्ता बलिउड सिनेमाहरु अहिले पनि हेर्न उतिकै रोमाञ्चक लाग्छन् । यदि यी सबै फिल्ममा साझा विषय के छ भनेर खोज्ने हो भने भेटिने एउटै चिज हो, अभिनेता सुनिल सेट्टि । उल्लेखित फिल्महर दमदार बन्नुमा यीनै अभिनेताको बेजोड अभिनय र त्यसबाट प्राप्त हुने मनोरञ्जनात्मक सन्तुष्टि नै कारण हो । 

अहिले बलिउडका सिनेमाहरुमा सुनिल सेट्टिको चर्चा छैन । न त उनका प्रशंसकहर नै त्यति धेरै छन् । अहिले उनका फिल्महरु खासै आउँदैनन् । तर, यसको अर्थ यो होइन की उनी अहिले आफ्ना खराब दिनहरुको सामना गरिरहेका छन् । अन्य कतिपय कलाकारहरु झै उनले आर्थिक समस्याको सामाना गरिरहनु परिरहेको पनि छैन । बरु त्यसको ठिक विपरित उनी यति धनि छन् की अहिले पनि उनलाई दोश्रा अम्बानी भनेर चिन्ने गरिन्छ । 

आफ्नो खाली समयलाई सामाजिक कार्यमा प्रयोग गर्ने सुनिल सेट्टिको अहिले पनि वार्षिक आम्दानी एक अर्ब भारतिय रुपैयाँ भन्दा बढी छ । मुम्बई नजिक उनको एचटुओ नामक बार तथा रेष्टुरेन्ट छ । जुन त्यहाँका सेलिब्रटि तथा अन्य सर्वसाधरणबिच पनि निकै प्रसिद्ध छ । यसबाहेक उनी पप्कन ईन्टरटेन्टमेन्ट नामको एक प्राडकसन हाउस पनि चलाउँछन् । 

सेट्टि एउटा ख्याती प्राप्त कपडा बुटिकका पनि मालिक हुन् । दक्षिण भारतमा पनि उनको रेष्टुरेन्ट छ ।  उनी मात्र होइन उनकी श्रीमतटी पनि विभिन्न व्यावसायमा जोडिएकी छिन् । सुनिल सेट्टि ती अभिनेता हुन् जसले बलिउडमा विजनेश कल्चर भित्र्याए । उनको सिको गर्दै अहिले अन्य कतिपय कलाकार पनि व्यापार व्यावसायमा लागेका छन् । 

सेट्टि निम्न मध्यम परिवारका हुन् । उनी पुख्र्यौली सम्पतीबाट व्यापार गर्ने धनाढ्य होइनन् । एक अन्र्तवार्तामा आफ्नो परिवाबारे बताउँदै सेट्टिले भनेका थिए, ‘मेरो बुवा कुनै बेला रेष्टुरेन्टमा जुठा भाडा माझ्नु हुन्थ्यो । सन् २०१३ मा उनले त्यहि रेष्टुरेन्ट खरिद गरे जसमा उनका पिता कुनै समय भाडा माझ्ने काम गर्थे ।’ 

सेट्टिलाई चर्चित अष्ट्रेलियन-अमेरिकन एक्टर अर्नोल्ड स्वार्ज नेगरसँग तुलना गर्ने गरिन्छ ।  इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाकीँ फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस