aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एशियन लाइफको नाफा १८ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
एशियन लाइफको नाफा १८ करोडभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रू. १८ करोड १८ लाख ६३ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा रू. १० करोड १९ लाख २६ हजार थियो । अघिल्ला वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ७८ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष १६४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब ७३ करोड ६१ लाख ३६ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष रू. ४ अर्ब ५९ करोड ११ लाख ९३ हजार कुल बीमाशुल्क आर्जन गरेको हो । अघिल्लो वर्ष रू. ९५ करोड ७५ लाख ३१ हजार दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब ४७ करोड ६८ लाख ४० हजार दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी रकम अघिल्लो वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजार रहेको छ । चुक्तापूँजीमा भने कुनै परिवर्तन देखिएको छैन् । कम्पनीको जगेडा कोष रकम ४९ दशमलव ८० प्रतिशत बढी रू. ५४ करोड ७० लाख ६५ हजार कायम भएको छ । जीवन बीमा कोष रकम पनि अघिल्लो वर्षभन्दा करिब २७ प्रतिशत बढी रू. २१ अर्ब ६१ करोड २ लाख ४७ हजार कायम भएको छ । 

कम्पनीले गत वर्ष बीमालेख धितो राखेर रू. २ अर्ब ४५ करोड ४४ लाख २६ हजार कर्जा प्रवाह गरेको छ । यो कर्जा प्रवाह अघिल्लो वर्ष सोहि अवधिमा रू. १ अर्ब ४५ करोड २७ लाख ७५ हजार रहेको थियो । प्रतिशेयर आम्दानी गत चौंथो त्रैमाससम्म रू. ९ दशमलव शून्य ४ र प्रतिशेयर नेटवर्थ रू. १३० दशमलव २५ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस