aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमामाई हाइड्रोको खुद नाफा ५९ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
सानिमामाई हाइड्रोको खुद नाफा ५९ प्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा सानिमामाई हाइड्रोपावर लिमिटेडको खुद नाफा अघिल्लो वर्षभन्दा ५९ प्रतिशत बढी भएको छ । 

साउन २८ गते सार्वजनिक गरेको गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले रू. ३६ करोड ८३ लाख ८४ हजार खुद नाफा गरेको छ । 

यो नाफा अघिल्लो वर्ष सोहि अवधिमा रू. २३ करोड १२ लाख १८ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत विक्री आम्दानी बढी भएकाले नाफा बढेको हो । 

अघिल्लो वर्ष रू. ७२ करोड ५० लाख ८२ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ८६ करोड ७ लाख ८४ हजार यो आमदानी गरेको हो । विद्युत विक्री आम्दानी १८ दशमलव ७१ प्रतिशत बढी भएको छ ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २ अर्ब ५५ करोड ३१ लाख पु¥याएको कम्पनीको रिटर्न अर्निङ रू. ६५ करोड ६४ लाख ३४ हजार र अन्य जगेडामा रू. ३२ लाख ७४ हजार रहेको छ । 

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति रू. ५ अर्ब ४९ करोड १३ लाख ५५ हजार र कुल दायित्व रू. २ अर्ब २७ करोड ८५ लाख ४५ हजार छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस