aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्सुरेन्सकाे खुद नाफा ५३.४०% ले बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ साउन २०७७
सानिमा जनरल इन्सुरेन्सकाे खुद नाफा ५३.४०% ले बढ्याे

काठमाडौं । सानिमा जनरल इन्सुरेन्सकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५३.४०% ले बढेकाे छ । 

 ५ करोड ५६ लाख २९ हजार रुपैयाँ पुगेको छ । आइपीओ निष्कासनको तयारीमा रहेको उक्त इन्स्याेरेन्सकाे अघिल्लो वर्ष ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बिमा शुल्क ८१.३४% ले बढेर १३ करोड ५५ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ७ करोड ४७ लाख ४१ हजार रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष २ करोड ९६ लाख ३३ हजार रुपैयाँ रहेको बिमा कोषको आकार असार मसान्त सम्ममा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सानिमा जनरलले ३० करोड रुपैयाँको आइपीओ जारी गर्ने अनुमति माग्दै नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सानिमाले १०० रुपैयाँ दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ जारी गरेपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । हाल यसको जगेडा कोषमा ४ करोड ९८ लाख ८३ हजार रुपैयाँ छ । 
 
 

प्रतिक्रिया दिनुहोस