
काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले विभिन्न साधारण सभाबाट पारीत नगद लाभांश हालसम्ममा पनि लिन नआएका शेयधरनीलाई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न भनेको हो ।
सूचना प्रकाशित गरेको मितिले एक महीना भित्रमा नगद लाभांश लिन नआएमा उक्त रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले भनेको छ ।
प्रतिक्रिया दिनुहोस