aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माथिल्लो दोर्दी ‘ए’ले भदौ ३ देखि साधारण सेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ साउन २०७७
माथिल्लो दोर्दी ‘ए’ले भदौ ३ देखि साधारण सेयर निष्कासन गर्ने


काठमाडौं ।  माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको  आयोजनाले सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो । आयोजनाले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्यको ३५ लाख ६४ हजार नौ सय ३० कित्ता सेयर निष्कासन गर्नछ । 

स्थानीयका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार नौ सय ३० कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको र सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ५० हजार कित्ता सेयर वितरण गर्न लागिएको हो ।

आयोजना प्रभावित स्थानीयले खरिद नगरेको सेयरलाई पनि गाभेर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद गर्न पाउनेछन् । 

कम्पनीको सेयर खरिद गर्न छिटोमा भदौ ७ र ढिलोमा १७ गतेसम्म आवेदन दिनुपर्नेछ । सेयर निष्कासन तथा बाँडफाँटको जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । 
 

प्रतिक्रिया दिनुहोस