aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

गाडी चढ्दा अब पैसा बोक्न नपर्ने, विद्युतिय भुक्तानी प्रणाली सञ्चालनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
गाडी चढ्दा अब पैसा बोक्न नपर्ने, विद्युतिय भुक्तानी  प्रणाली सञ्चालनमा

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले आइपेड प्राइभेट लिमिटेडसँगको सहकार्यमा सार्वजनिक यातायातसहित अरु सबै सानाठूला सवारी साधनमा इपेमेन्ट गर्न सकिने स्मार्ट कार्ड  प्रयोगमा ल्याएको हो । 

उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । रु दुई सयको कार्डले  २५० रुपैयाँको यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको प्रालिका प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस