aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेशनल लाइफले १७ दशमलव ५ प्रतिशत लाभांश दिने, बोनसमा लाग्ने करका लागि छुट्टै ०.१३ प्रतिशत नगद पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
नेशनल लाइफले १७ दशमलव ५ प्रतिशत लाभांश दिने, बोनसमा लाग्ने करका लागि छुट्टै ०.१३ प्रतिशत नगद पनि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लागि १७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत नगद लाभांश र २ दशमलव ५ प्रतिशत बोनस सहित कुल १७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

यस वर्ष बोनस शेयर कर प्रयोजनका लागि छुट्टै शून्य दशमलव १३ प्रतिशत नगद लाभांश पनि कम्पनीले दिने भएको छ । हाल कायम रू. ३ अर्ब ८ करोड २६ लाख २६ हजारको आधारमा कम्पनीले उक्त लाभांश दिन लागेको हो । यो लाभांश भने नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस