aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इप्पानको  अध्यक्षमा कृष्ण आचार्य चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
इप्पानको  अध्यक्षमा कृष्ण आचार्य चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् ।  इप्पानको आइतबार भएको भेलाले सर्वसम्मतिबाट अध्यक्ष सहित नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा आनन्द चौधरी चयन भउका छन् ।

यसैगरी सदस्यहरुमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने, महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल सर्वसम्मतले चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस