aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनाइटेड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
युनाइटेड इन्स्योरेन्सको नाफा १०८ प्रतिशतले बढ्यो

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिले आर्थिक वर्ष २०७६/७७ मा १०८ प्रतिशतले नाफा बढाएको  छ । कम्पनीले  २ करोड २९ लाखले नाफा बढेर चार करोड ४१ लाख पुगेको हो । कम्पनीले आव २०७५।७६ मा २ करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो । 

युनाइटेडले बीमा शुल्क  पनि १७ करोडले बढाएर ६५ करोड पुर्याएको छ । अघिल्लो आव ३०७५/७६ मा ४८ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले ८.०१ प्रतिशतले बढाएर ६५ करोड पुर्याएको हो । चुक्ता पुँजी एक अर्ब २ करोड रहेको युनाइटेडको जगेडा कोषमा ३० करोड रुपैयाँ छ । 

कम्पनीले गत वर्ष ९० हजार ७ सय ९३ वटा बीमालेख जारी गरेको थियो । जसमध्ये नविकरण भएको बीमा लेखको संख्या ५ हजार ६ सय ९४ वटा छ । कम्पनीले दुई हजार ४२ वटा दावी वापत ४३ करोड ४ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।  

प्रतिक्रिया दिनुहोस