
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस शेयर वापतको ६ लाख १२ हजार ३६० कित्ता शेयर भदौ १ गते नेप्सेमा सूचीकृत गराएको हो ।
यो बोनस शेयर कम्पनीले गत फागुन २४ गते २२ औं वार्षिक साधारण सभा मार्फत पारित गराएको थियो ।
नेप्सेमा भदौ २ गतेदेखि कारोबारयोग्य हुने यो शेयर खरिद विक्री भने सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस