aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आमिर खान यसकारण टर्कीमा बने ट्रोल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
आमिर खान यसकारण टर्कीमा बने ट्रोल

१५ अगस्टमा टर्कीकी प्रथम महिला एमी अर्दोनानले ट्वीटरमाफर्त सार्वजनिक गरेका तस्वीहरुका कारण भारतमा आमिर खानको निकै आलोचना भइरहेको छ। एमी आर्दोनन टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती हुन्। उनले ट्वीटरमा संसारका चिरपरिचत फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खानसँग भेटेकोमा खुशी व्यक्त गरेकी छन्।

आमिर खानको यो भेटले भारतको राजनीतिक वृतमा समेत तरगं उत्पन्न गरेको छ । आमिर खानको भेटलाई लिएर भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले निकै आलोचना गरिरहेका छन्। अहिले दिल्ली दंगाका कारणक बनेका कपिल मिश्रासमेत भारतका वरिष्ठ भाजपा नेता सुब्रमण्यम स्वामीसमेत यस विषयमा लेखिरहेका छन् । 

सामाजिक सञ्जालमा आमिर ट्रोल भइरहेका छन्। यसको एक कारण हो भारत र टर्कीबीचको सम्बन्ध। मुस्लिम बहुल टर्की भारतभन्दा पाकिस्तानको समर्थन गर्छ। टर्कीका राष्ट्रपति अर्दोनानले धेरैपटक भारत विरोधी अभिव्यक्ति दिएका छन्। त्यसैले भारतीयहरु अर्दोनानलाई दुश्मन मान्छन्। कश्मीर मुद्दादेखि पाकिस्तानसम्मको मुद्दामा टर्की भारत विरोधी खेमामा छ। त्यसैले पनि आमिर खानको यो भेटलाई भारतमा आलोचना गरिएको हो।

उता भारतीय काँग्रेसका नेताहरुले भने कुनै मानिससँगको भेटलाई लिएर कुनै कलाकारको विरोध गर्नु उचित नभएको बताएका छन्। आमिर खान भारतमा मुस्लिममाथि अत्याचार भइरहेको बताउँदै आएका छन्। उनले भारतमा आफूहरुलाई डर लाग्ने गरेकोसमेत बताएका थिए।  खान फिल्म लाल सिंह चढ्ढाको सुटिंगका लागि टर्की गएका थिए।

प्रतिक्रिया दिनुहोस