aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अपर तामाकोसीको बुक क्लोज हुँदै, सर्वसाधारणबाट चार सञ्चालक हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
अपर तामाकोसीको बुक क्लोज हुँदै, सर्वसाधारणबाट चार सञ्चालक हुँदै

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले मंगलबारदेखि बुक क्लोज गर्ने भएको छ ।  आगामी असार ११ गतेको साधारणसभाका लागि बुक क्लोज गरेको हो ।
साधारणसभामा गत वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल र सञ्चालन निर्वाचनको प्रस्ताव राखेको छ । साथै विशेष प्रस्तावमा आयोजना प्रभावित दोलखा जिल्लाका विभिन्न सामाजिक संस्थालगायत अन्य संस्थालाई गरिएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने कार्यक्रम पनि छ ।सभाले सर्वसाधारणतर्फको चार जनालाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउने गरी एकैपटक निर्वाचनको कार्यक्रमसमेत तय गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस