aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डियरवाक ग्रुपले पनि हकप्रद शेयर जारी गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
डियरवाक ग्रुपले पनि हकप्रद शेयर जारी गर्यो

काठमाडौं । डियरवाक ग्रुप लिमिटेडले पनि हकप्रद शेयर जारी गरेको छ । ग्रुपको ९ औँ वार्षिक साधारणसभाबाट सय बराबर १० शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित शेयर दुई लाख ४४ हजार ३७५ कित्ता हकप्रद साधारण शेयर विक्रि खुला गरेको हो । 

हकप्रद शेयरका लागि आवेदन बुझाउन भदौ १९ गतेदेखि असोज २२ गतेसम्म अवधि तोकेको छ । हकप्रद शेयर बराबरको रकम नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरि खरिद गर्न सकिनेछ ।  

हकप्रद शेयरमा बैंक मार्फत बुझाउन नसक्ने शेयरधनिहरुले कम्पनीको रजिष्टार कार्यालयको ठेगानामा उक्त रकमको चेक अकाउन्ट पे लेखि कुरियरमार्फत समेत पठाउन सकिने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस