aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तरकारी पसल खुल्ने समय बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
तरकारी पसल खुल्ने समय बढ्याे

काठमाडौं । किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयअवधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरे पछि तरकारी बजार खाेल्ने समय बढाइएकाे छ ।

कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल पसल राती १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ । 

निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यन्न  पसल दिनभरी सञ्चालन गर्न दिने बताए पनि उक्त क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि कडाइ गरेकाे जिल्ला प्रशासन स्राेतकाे दावी छ ।

प्रतिक्रिया दिनुहोस