
काठमाडौं । लकडाउनको अवधिमा सञ्चालन हुन नसकेका उद्योगले बीमाको प्रिमियममा छुट पाउने भए्रका छन् । कोरोना महामारीका बेलामा सबै उद्योग व्यवसायमा परेको संकटमा निर्जीवन बीमा कम्पनीहरुले छुट दिने भएका हुन । निर्जीवन बीमाको शुल्कमा लकडाउनको ८३ दिनसम्मको प्रिमियममा ३३ प्रतिशत छुट दिने निर्णय भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताए ।
८३ दिनको प्रिमियममा एक तिहाई प्रिमियम छुट दिदा ३३ प्रतिशत छुट पाउछन कार्यकारी निर्देशक पौडेलले भने । उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकोले थप २ प्रतिशतसहित ८३ दिनको प्रिमियम शुल्कको ३५ प्रतिशत छुट दिने सहमति व्यवसायी र बीमा कम्पनीले गरेका हुन उनले भने ।
लकडाउनको बेलामा उद्योग सञ्चालन नभएकाले उक्त अवधिमा उद्योगमा जोखिम कम हुन भएकाले उक्त जोखिम बीमाको प्रिमियममा छुट दिन समितिले बीमा कम्पनीहरुलाई समितिले भनेको उनले भने । उक्त हुलदंगा, आगलागी लगायतका बीमा शुल्कमा ५० प्रतिशतसम्म छुट दिन बीमा कम्पनीहरुले भनेको उनले बताए ।
अहिले बीमा नवीकरण गर्दा बीमितले ८३ दिनको प्रमियममा ३३ मा २ प्रतिशत थप गरि ३५ प्रतिशत छुट पाउनेछन्। यदि कसैले प्रिमियम तिरिसकेको भए अर्कोपटक नवीकरण गर्दा यो ३५ प्रतिशत प्रिमियममा छुट पाउनेछन्।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बीमा समितिसँग छलफल गरेपछि लकडाउनका कारण ८३ दिनसम्म कुनै जोखिम बहन गर्नु नपरेको र उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकाले सबै निर्जीवन बीमामा उक्त अवधिको प्रिमियममा ३्र३ प्रतिशत छुट दिने सहमति भएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस